रमेश दियालीले अमेरिकामा तयार पारिएको ‘एउटा पत्र’ सार्वजनिक

काठमाडौं- गीतकार तथा मोडल रमेश दियालीले अमेरिकामा तयार पारेको गीत र त्यसको म्युजिक भिडियो  सार्वजनिक गरेका छन्। उनको माया प्रेमले भरिएको नविनतम गीत आशा राखी मनको एउटा पत्र कोरी छोडी दिए शुक्रवार ओएसआर डिजीटलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतमा कुशल आख्यानकार समेत रहेका दियालीको गीत रचना रहेको छ भने सुरेश अधिकारीले संगीत भरेका छन्।

नेपालमा रेकर्ड गरिएको गीत बानिका प्रधानको गाएकी छिन्। अमेरिकामा छायांकन गरिएको म्युजिक भिडियोमा एक प्रेमिल जोडीको माया प्रेमको कथा छ। म्युजिक भिडियो लक्ष्मण दियालीले निर्देशन गरेका छन् भने छायांकन बिनोद लाम्गदेको छ। म्युजिक भिडियोमा गीतकार रमेश दियालीका साथमा मुना क्षत्री र श्रद्धा परियारले लोभलाग्दो अभिनय गरेका छन्।