किरणको स्वरमा ‘म त डुब्दै गएँ’

 

काठमाडौँ- ‘भ्वाइस अफ नेपाल ३’को विजेता किरण गजमेरले गाएका गीत ‘म त डुब्दै गएँ’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा रामजी लामिछानेले निर्देशन गरेका छन् भने नृत्यपरक गीतमा आफ्नौ कौशल देखाउँदै आएका रामजी लामिछानेले भिडियोमा गीतको भावलाई राम्ररी प्रस्तुत गरेका छन् ।

भिडियोमा पुष्प खड्का र श्रेया सिटौलाको अभिनय रहेको छ । भिडियोले एउटा सेलिब्रटी र साधारण युवतीको प्रेम यात्रालाई वर्णन गरेको छ । भिडियोलाई सौरभ लामाले छायांकन गरेका हुन् भने बन्दे प्रसादको सम्पादन । भिडियोमा किरणलाई ममता गुरुङले स्वरमा साथ दिएकी छिन् । भिडियो दि डिभाइन म्युजिकको च्यानलबाट सार्वजनिक भएको हो ।