सामन्था र नागा चैतन्य सम्बन्ध बिग्रेपछि अलग-अलग घरमा बस्न थाले

सामन्था र नागा चैतन्य दुबै जना तेलुगू र तमिल फिल्मका एकदमै चर्चित अभिनेत्री हुन । सामन्था पछिल्लो समय झनै चर्चामा आएकी छन् । उनि हिन्दी वेब सिरिज फ्यामेली म्यान २ पछि थप चर्चामा आउन सफल भएकी हुन् । आफ्नो फिल्म र वेब सिरिजका कारण चर्चा भएरहेको समयमा सामन्थाका श्रीमान् नागा चैतन्य अक्किनेनीसँगको सम्बन्धका कारण पनि चर्चामा छाएकी छिन्।

सामन्था र नागा टलिउडका परिचित अनुहार हुन । उनिहरुको जोडीलाई दर्शकले एकदमै मन पराएका छन् । तर हाल फैलिएको एकपछि अर्को खबरले यो जोडीको सम्बन्ध समाप्त हुने देखाइरहेको छ। सामन्थाले केही समयअघि सामाजिक सञ्जालमा आफ्नो नामबाट नागाको थर ‘अक्किनेनी’ हटाएका कारण उनीहरुको वैवाहिक सम्बन्धमा अनेकौँ प्रश्न उठ्न थालेका छन । त्यति मात्र नभएर सामन्था र नागा वैवाहिक परामर्श लिन गएको खबर बाहिरिए पछि यो विषयले झन ठूलो आकार लिन थाल्यो। अहिले दुबै जना छुट्टिएर बस्ने कुरा मिडिया बाहिर आएको छ।

बलिउड चर्चा अनुसार सामन्था र नागा अहिले अलग (अलग बस्दै आएका छन् । नागा घर छाडेर आफ्ना बुबाआमा सँग बस्न गएका भने सामन्था हाइदरबादको घर छोडी मुम्बई बसाइ सरेकी छिन्। यि दम्पतीको सम्बन्ध जोगाउन दुवैतिरको परिवारले प्रयास गरेको तर सबै असफल भएको ,’ तेलुगू फिल्म क्षेत्रका स्रोतले भनेका छन् । बलिउडबाट पाएको मायापछि उनी आफ्नो अभिनय करियर अझै अगाडि बढाउन चाहन्छिन्। यता नागा चैतन्यले पनि आमिर खानको नयाँ फिल्म ‘लाल सिंह चड्डा’बाट बलिउडमा प्रवेश गरेका छन्। योसँगै उनको बालबच्चा जन्माएर परिवार ठूलो बनाउने चाहना छ।

यही फरक चाहनाको कारण सामन्था र नागाबिच मनमुटाव भएको उनीहरुको भित्री स्रोतले जनाएको छ। यिनिहरुको जोडीको सम्बन्ध विच्छेदको हल्ला फैलिएसँगै भारतीय फिल्म क्षेत्र र प्रशंसकहरु दुखी भएका छन्। कोही पनि उनीहरुको सम्बन्ध बिग्रियोस् भन्ने चाहिरहेका छैनन्, तर यी जोडीले आफ्नो बाटो छुट्टाइसकेको देखिन्छ। एजेन्सी