सन्तोषको ‘साउदी कतार’

काठमाडौं- दसैँमा घर जाने मन कुन परदेशीलाई हुँदैन होला? तर थुप्रै सालका दसैँमा टीका लगाउन र घर फर्कन नपाएका विदेसिएका युवाको भावनालाई समेट्दै सर्जक सन्तोष सुवेदीले ‘साउदी कतार’ बोलको दसैँ गीत ल्याएका छन्। धेरै नेपालीका घरको कथा र भावना गीतमा समावेश गरिएको सर्जक सुवेदीले बताए। ‘विदेसिएका युवालाई घरमा भएका आफन्तले गर्ने आग्रह गीतमा समावेश गर्न खोजिएको छ।

गीतमा कुशलको श्रीमतीको भूमिका निभाएकी बबिता सुनारले अश्रुधाराका साथ कुशललाई टीका लगाइदिएर खाडी पठाउन बाध्य हुन्छिन्।  विदेसिएका पति ६ वर्षसम्म पनि नफर्किएपछि दसैँछेकमा फोनमा भएको कुराकानीलाई गीतको विषयवस्तु बनाइएको छ ।

काठमाडौं डिजिटल स्टुडियोमार्फत् बजारमा आएको गीतको संगीत संयोजन माधव भण्डारीले गरेका छन्। गीतको म्युजिक भिडियो निर्देशन सफल फिल्म्सका पुंके सुरजले गरेका हुन्। निर्देशक स्वयंको छायांकन रहेको म्युजिक भिडियोको सम्पादन सुनिल विकले गरेका हुन्।