‘ड्रग्स’ मामिलामा सोधपुछ गर्न बलिउड सुपरस्टार घर पुगे एनसीबीका अधिकारी

एजेन्सी- भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)को टीम आज ‘ड्रग्स’ मामिलामा सोधपुछ गर्न बलिउड सुपरस्टार शाहरुख खान र नायिका अनन्या पाण्डेको घर पुगेका छन् ।अनन्या पाण्डे बलिउड अभिनेता चंकी पाण्डेकी छोरी हुन् ।

छोरा आर्यन ड्रग्स प्रकरणमा पक्राउ परेपछि एनसीबीका अधिकारी सोधपुछ गर्न आज शाहरुखको मुम्बईस्थित घर मन्नत पुगेका हुन् । एनबीसीको दुई टीम एकै समय शाहरुख खान र अनन्या पाण्डेको घरमा पुगेका थिए । उनीहरु सामान्य सोधपुछ गरेर फर्केको जनाइएको छ । समाचार एजेन्सी एएनआईका अनुसार अनन्य पाण्डेलाई थप सोधपुछको लागि एनबीसीले बोलाएको छ ।