ड्रग्सबारे आर्यनसँग ह्वाट्सयापमा यस्तो कुरा गर्थिन् अनन्या

बलिउड अभिनेत्री तथा अभिनेता चंकी पाण्डेकी छोरी अनन्या पाण्डेलाई शुक्रबार दोस्रो पटक भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरोले सोधपुछ गरेको छ ।  चार घन्टा लामो यो सोधपुछमा उनीसँग ड्रग्स सेवन, यसको कारोबार र ड्रग्सको विषयमा उनको र आर्यनको सम्बन्धबारे सोधपुछ गरिएको हो ।

एनसिबीका एक अधिकारीले भारतीय मिडियालाई दिएको जानकारीअनुसार शुक्रबारको सोधपुछमा उनीसँग वित्तिय लेनदेनको विषयमा पनि कुराकानी भएको थियो । अनि उनी र आर्यनको ह्वाट्सयापमा भएको च्याटबारे पनि अधिकारीहरुले उनलाई सोधेका छन् ।

क्रुजमा ड्रग्स पार्टी दिइरहेको समयमा समातिएका साहरुख खानका छोरा अहिले पनि न्यायिक हिरासतमा रहेका छन् । अब अनन्यासँग सोमबार फेरि यो विषयमा अधिकारीले सोधपुछ गर्ने भएका छन् ।