‘माया लाउनै जानिन’ मा सुधिर र बिनाको रोमान्स

गायक रविन बर्तौला र गायिका बिन्दु परियारको स्वरमा समावेश ‘माया लाउनै जानिन’ सार्वजनिक भएको छ । भिडियोमा मोडलद्धय सुधिर श्रेष्ठ र बिना राउतले अभिनय गरेका छन् । गीतमा रबिनको नै शब्द तथा संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको यो गीतको भिडियोमा बाबु श्रेष्ठको छायांकन, अच्युत बजगाँइको सम्पादन छ ।