वरुण र कृतिको फिल्म ‘भेडिया’को प्रदर्शन मिति तय

 

वरुण धवन र कृति सेननको मुख्य भूमिका रहेको फिल्म ‘भेडिया’ अप्रिल १४ मा रिलिज नहुने भएको छ । यो फिल्मको फस्टलुक सार्वजनिक गर्दै यसको निर्माणपक्षले नयाँ प्रदर्शन मिति तय गरेको हो । अब यो फिल्म सन् २०२२ को नोभेम्बर २५ तारिखमा रिलिज हुने भएको छ । वरुणले फिल्मको पोष्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘भेडियाको पहिलो झलक सबैसामु प्रस्तुत गरेको छु । नोभेम्बर २५ मा यो चलचित्र हलमा लाग्नेछ ।’ अमर कौशिकको निर्देशनमा बनेको यो फिल्म हरर कमेडी कथामा आधारित छ । चलचित्रमा वरुण र कृतिका साथै दीपक डोबरियाल, अभिषेक बनर्जी लगायतको मुख्य भूमिका छ ।