गायक कमल खत्री भन्छन् -‘नजर झुके झैं लाग्यो’

 

काठमाडौं– गायक कमल खत्रीको नयाँ गीत  ‘नजर झुके झैं लाग्यो’ बोलको गीत बजारमा आएको छ। थ्री मंकिज प्रोडक्सनले बजारमा ल्याएको उक्त गीत सुजन कोइरालाले लेखेका हुन् । गीतमा संगीत पनि गायक खत्रीकै सुन्न सकिन्छ । गीतमा रिकेश गुरुङले संगीत संयोजन गरेका छन् ।

गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । म्यूजिक भिडियोमा मलिका महत र निराजन प्रधानमा जोडी कलाकारका रूपमा देख्न सकिन्छ । म्युजिक भिडियो निर्देशन राजेश पुमा राईले गरेका हुन् ।