नकुल थापा र विष्णु थापाको ‘लाली जोवन’

 

काठमाडौँ- गायकद्धय नकुल थापा र विष्णु थापाले मिठो लोकदोहोरी भाका सार्वजनिक गरेका छन्। गायकद्वयले मिठो भाकाका साथ बुधबार ‘ढल्की जाला त्यो लाली जोवान’ बोलको लोकदोहोरी सार्वजनिक गरेका हुन्। गायकद्वय नकुल र विष्णुको स्वर तथा शब्द रचना रहेको लोकदोहोरी ढल्की जाला त्यो लाली जोवान म्युजिक भिडियोसहित सार्वजनिक भएको हो। गायक नकुलकै लय रहेको दोहारी गायनमा गायकद्वयलाई गायिकाहरु प्रतिमा अर्याल र रीता पौडेलले साथ दिएका छन्।

नकुल र विष्णुको गृह जिल्ला सिन्धुपाल्चोकस्थित सुनकोशी नदी तथा धार्मिक एवं पर्यटकिय गन्तव्य बलेफीलाई केन्द्रित गरी तयार पारिएको लोकदोहोरी भाकामा यसका शव्द रचनाकार नकुल र विष्णुले भनेका छन् बलेफीमा सुनकोशी दोभान, चोखो माया लाईहाल बेलैमा ढल्कि जाला त्यो लाली जोवान। यहि थेगोमा पुरुष स्वरले तड्पीराछु मायाको खेलैमा भइयो भेट रमाईलो मेलामा भन्दा महिला स्वरको जवाफ छ विगत छोड्देउ वर्ममान हेर, नतड्पेको म पनि काँ छु र?

बाल्यकालमा सँगै हुर्की लामो समयपछिको भेटघाटको सिलसिलामा गाईएको गीतको म्युजिक भिडियो आकर्षक बनेको छ। जुनसुकै सभा समारोह र मनोरञ्जस्थल तथा मेला, पर्व र पिकनिकमा छम छम नाच्न मिल्ने गरी तयार पारिएको म्युजिक भिडियोमा मोडलहरु सञ्जिव ठकुरी र अस्मिता आचार्यका साथमा बाल कलाकारहरु निश्चल जंग थापा र गृष्मा थापा मगरले अभिनय नृत्य गरेका छन्।