विकी र कटरीनाको विवाहमा किन पर्यो उजुरी ?

 

 

मुम्बई(दैनिक जागरण) बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कटरीना कैफ राजस्थानको सवाई माधोपुरस्थित एक शाही होटलमा विवाह गर्दैछन् । दुवैजना आफ्नो परिवारका साथ राजस्थान पुगिसकेका छन् । विवाह आज मंगलबारदेखि बिहीबारसम्म चल्दैछ । यही परिप्रेक्ष्यमा स्थानीय एक वकिलले उनीहरुको विवाहविरुद्ध उजुरी दर्ता गराएका छन् ।

समाचारअनुसार वकिल नेत्रविन्द सिंह जादौनले जिल्ला विधिक सेवा प्राधिकरणमा उजुरी दर्ता गराएका छन् । वकिलले विवाहका कारण एक मन्दिरको बाटो अवरुद्ध भएको भन्दै उजुरी गरेका हुन् । उजुरीकर्ताका अनुसार प्रशासनले डिसेम्बर ६ देखि १२ सम्म चौथ माता मन्दिरको बाटो बन्द गरिदिएको छ । जसकारण श्रद्धालुले समस्या भोग्नु परेको छ ।

जादौनले उजुरीमा सिक्स सेन्सेज फोर्टका प्रबन्धक, कटरीना, विकी र जिल्ला कलेक्टरविरुद्ध उजुरी दर्ता गराएका छन् । उनीहरुको विवाहमा १ सय २० पाहुनाको उपस्थिति हुनेछ । जसमा कबीर खान, निर्माता अमृतपाल सिंह वृन्दा र निर्देशक आनन्द तिवारी पनि हुनेछन् ।

विवाहका लागि कटरीनाको आमा सुजैन टरकोट, बहिनी नताशा, इसाबेल कैफ, भाई सबाशियन लरेन्ट मिकेल विकी र कटरीनासहित विवाहस्थल पुगिसकेका छन् । उनीहरुको विवाहमा अभिनेता सलमान खानको बडीगार्ड शेराको कम्पनीले सुरक्षा व्यवस्था सम्हाल्नेछन् ।