‘अदृश्यभित्रको लजावती’

 

काठमाडौँ- कलाकार विनोद केसीको शब्द रचनामा ‘अदृश्यभित्रको लजावती’ बोलको आधुनिक गीत म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वर रहेको गीतमा आलोकश्रीको संगीत छ । प्रेम कहानीमा आधारित गीतको म्युजिक भिडियोमा विनोद केसी र सारिका केसीले अभिनय गरेका छन् ।

कथानक म्युजिक भिडियोको कथा र निर्दशन पनि विनोदले नै गरेका हुन् । म्युजिक भिडियोमा किरण चौसिरको छायाकन तथा राज कुमार मगरको सम्पादन रहेको छ । भिडियो सिजिएफ च्यानलबाट सार्वजनिक गरिएको हो ।