फिल्म ‘आरआरआर’को ट्रेलर सार्वजनिक

 

काठमाडौं- फिल्म ‘आरआरआर’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ३ मिनेट १५ मिनेटको मुख्य कलाकार जुनियर एनटीआर, राम चरन, अजय देवगण, आलिया भट्ट लगायतलाई देख्न सकिन्छ । फिल्मलाई ठूलो क्यानभासमा तयार पारिएको छ । फिल्ममा दुई योद्धाको कथालाई प्रस्तुत गरिएको छ । ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको निर्देशनमा बनेको यो फिल्म जनवरी ७ तारिखबाट विश्व बजारमा रिलिज हुँदैछ । भारतमा यो फिल्म विभिन्न चार भाषामा रिलिज हुनेछ । ‘बाहुबली’ निर्देशककोे फिल्मभएका कारणले पनि ‘आरआरआर’ दर्शकमाझ सर्वाधिक प्रतीक्षित छ । बक्स अफिसमा यो फिल्मले नयाँ रेकर्ड राख्ने विश्लेषण गरिएको छ ।