वैवाहिक जीवनमा बाँधिएका कट्रिना र विक्कीको रोमान्टिक फोटोसुट

 

भारतीय अभिनेत्री कट्रिना कैफ र नायक विक्की कौशल वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले माधोपुरस्थित सिक्स सेन्स फोर्ट बारबडमा ‘रोयल’ शैलीमा लगनगाँठो कसेका हुन् । कट्रिनाले आफ्नोे सामाजिक संजालबाट बिहेकोे केही तस्वीर सार्वजनिक गर्दैै सबैकोे तर्फबाट पाएकोे माया र आर्शिवादका लागि धन्यवाद दिएकी छिन् । कट्रिनाले विक्कीसँग जीवनको नयाँ यात्रा सुरु भएको उल्लेख गरेकी छिन् ।विवाह समारोहमा सरिक हुन बलिउड हस्तिहरु माधोपुर पुगेका थिए ।