अटल बिहारी बाजपेयीको जीवनीमा फिल्म बन्दै

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको जीवनीमा आधारित रहेर फिल्मको निर्माण हुने भएको छ । फिल्मको नाम ‘मै रहँु या न रहँु, ये देश रहना चाहिए–अटल’ राखिएको छ । यो फिल्म अटल बिहारी बाजपेयीको जयन्तीको अवसरमा रिलिज हुनेछ । उनको जन्म जयन्ती डिसेम्बर २५ मा पर्छ ।

यो फिल्मलाई हिन्दी र अंग्रेजी भाषामा रिलिज गर्ने तयारी निर्माताको छ । फिल्म ‘द अनटोल्ड वाजपेयी’ नामक पुस्तकमा आधारित रहेर निर्माण हुने बताइएको छ । विनोद भानुशाली र संदीप सिंहले मिलेर यो फिल्म बनाउँदैछन् ।

तर, फिल्ममा पूर्व प्रधानमन्त्रीको भूमिका कसले निर्वाहा गर्दैछ भन्ने पक्का भएको छैन । भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन सन् २०१८ मा भएको थियो ।