‘द कपिल शर्मा शो’ नयाँ कलाकारसहित आउँदै, डा. मशूर गुलाटी पुनरागमनको अपिल

चर्चित भारतीय टेलिभिजन रियालेटी सो ‘द कपिल शर्मा शो’ को अर्को नयाँ सिजन सुरु हुने भएको छ ।

कमेडियन, अभिनेता कपिल शर्माद्वारा होस्ट गरिएको यो एक कमेडी र टक शो हो । जुन सोनी इन्टरटेनमेन्ट टेलिभिजनमा प्रसारण हुदै आइरहेको छ। अबको सिजनमा नयाँ अनुहारहरू पनि देखिन सक्ने कपिल शर्माले खुलासाा गरेकाछन्।

कमब्याक गर्दै द कपिल शर्मा शोको टिमले सामाजिक सञ्जालमार्फत् कार्यक्रम चाँडै सुरू हुने जानकारी दिएको हो।

यो सो को टिमले टिमले सामाजिक सञ्जालमा लेखेको छ, ‘भारतीय टेलिभिजनको सबभन्दा चर्चित कार्यक्रम द कपिल शर्मा शोको नयाँ सिजन आउँदैछ र यसपालि परिवारमा नयाँ सदस्यहरू थपिएका छन्।’ कार्यक्रममा को को नयाँ कलाकार आउँदै छन् भन्नेबारेमा भने टिमले कुनै जानकारी दिएको छैन। तर कार्यक्रममा नयाँ सदस्य थपिने कुरासँगै प्रशंसकहरू उत्साहित र जिज्ञासु भएका छन्। उनीहरू सबैजसोले कार्यक्रममा सुनील ग्रोवर उर्फ ​​डा. मशूर गुलाटी पनि देखिने छन् कि भन्ने आशा र प्रश्न गरेका छन्। सुनील ग्रोवर कपिल शर्मा शोमा डाक्टर मसूर गुलाटीको भूमिकामा चर्चित थिए।

एक जना फ्यानले भनेका छन्, हामी कपिल शर्माको शोमा सुनिल ग्रोवरलाई मिस गरिरहेका छौं। फ्यानले सुनीललाई मिस गरेको भन्दै उनलाई फेरि बोलाउन आग्रह गरेका छन्। समथै गुलाटी कार्यक्रममा पुनरागमन भए यो कार्यक्रम अर्कै स्तरमा पुग्ने पनि भनेका छन्।

तर सुनीलले पुनरागमनबारे कुनै प्रतिक्रिया दिएका छैनन्। उनले डाक्टर गुलाटीका रूपमा केही समयअघि ‘इन्डियाज लाफ्टर च्याम्पियन’ मा प्रस्तुति दिएका थिए।

सुनीलले सन् २०१७ मा कपिल शर्माको कार्यक्रम छाडेका थिए। सुनीलले डाक्टर गुलाटीको भूमिकाबारे बोल्दै भनेका थिए, ‘म यो भूमिका आफ्नै लागि गर्न चाहन्छु। मैले लामो समयपछि डाक्टर मसूर गुलाटीको हुलियामा आउँदा रमाइलो अनुभव गरेँ। त्यो एक भागका लागि मात्र थियो, त्यत्ति हो !’ कार्यक्रम छाड्नुको कारण कपिल र उनीबीच विदेशबाट फर्किने बेलामा हवाइजहाजमा भएको झगडा थियो। कपिलले उनलाई दुर्व्यवहार गरेपछि तत्कालै कार्यक्रम छाडेका थिए।

समयक्रममा उनीहरूबीचको रिस शान्त भइसकेको बुझिएको छ। बाहिरी रूपमा उनीहरू राम्रै बोल्छन् र एकअर्काका बारेमा अन्तर्वार्ताहरूमा कुरा पनि गर्छन्। उनीहरू दुवैले भविष्यमा सँगै काम गर्न सकिन्छ पनि भनेका छन्। तर द कपिल शर्मा शोमा फर्किनेबारे दुवैले आधिकारिक प्रतिक्रिया दिएका छैनन्।