एम्बर हर्डलाई एडल्ट फिल्मबाट अफर

हलिउड अभिनेत्री एम्बर हर्ड पति जोनी डिपसँग अदालती मामलामा पराजित भएपछि चर्चामा आइरहेकी छन् । पति जोनीलाई १४ मिलियन डलर मुआब्जाका रुपमा बुझाउन अदालतले आदेश दिएपछि अहिले एम्बर आर्थिक संकटमा छिन् । यिनै अभिनेत्रीलाई अहिले एडल्ट फिल्मबाट अभिनयको अफर आएको छ ।
एक महिला प्रधान इन्टरटेनमेन्ट कम्पनी जेन मोडल्सले एक्स रेटेड फिल्मका लागि एम्बरलाई प्रमुख भूमिकाका अभिनय गर्न प्रस्ताव गरेको छ । पोर्न आरएन वेबसाइटका अध्यक्ष वेरोनिका मेडजेरियाले अभिनेत्रीको वकिल ऐलेन ब्रेडहोफ्टलाई एक पत्र लेखेपछि एडल्ट फिल्ममा अभिनयको प्रस्ताव गरिएको खुलासा भएको हो ।
‘प्रिय ब्रेडहोफ्टः मेरो नाम वेरोनिका मेडजेरियन हो । म कम्पनीमा अध्यक्षको रुपमा काम गर्छु । एक प्रोडक्सन फर्म र मोडलिङ एजेन्सी, जेन मोडल्स । हर्डलाई एक फिल्ममा काम गर्ने मौका दिनका लागि कैयौं भिडियो प्रोडक्सन फर्मले हामीलाई सम्पर्क गरेका छन्’ पत्रमा लेखिएको छ ।
पत्रमा एम्बरका लागि ८ मिलियन डलर भुक्तान गर्न तयार रहेको बताइएको छ । ‘हाम्रो संगठन हर्डलाई एडल्ट इन्टरटेनमेन्टको एक प्रोडक्सनमा काम गर्नका लागि ८ मिलियन डलर भुक्तान गर्न तयार छ । एम्बर हाम्रो प्रस्तावमा सकारात्मक छिन् भने कृपया मसँग इमेलमा सम्पर्क गर्नुहोला । उनले हामीसँग सर्तसहित काम गर्नुपर्ने हुन्छ । के हर्डलाई यो अवसरप्रति विचार गर्छिन् ?’ पत्रमा लेखिएको छ ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया