सय करोड क्लबमा ‘दृश्यम २’

तिहार रिलिज भएको फिल्म ‘थ्यांक गड’बाट असफल भएका नायक अजय देवगण एक साता अगाडि रिलिज भएको फिल्म ‘दृश्यम २’बाट चम्किएका छन् । यो फिल्मले भारतीय बक्स अफिसमा सय करोडको आँकडा पार गरेको छ । लामो समयपछि बलिउडले फेरि सफलताको स्वाद चाखेको छ ।

यो फिल्मले बिहिबार ८.६२ करोडको कमाई गर्दै सय करोडको आँकडा पार गरेको हो । शुक्रबार १५.३८ करोडको ओपनिङ गरेको फिल्मले शनिबार २१.५९, आइतबार २७.१७, सोमबार ११.८७, मंगलबार १०.४८, बुधबार ९.५५ करोडको व्यापार गर्यो । यो सँगै फिल्मको एक साताको व्यापार १०४.६६ करोड पुगेको छ ।

तब्बु, अक्षय खन्ना लगायतका कलाकारको समेत अभिनय रहेको फिल्मलाई दर्शकले निक्कै रुचाएका छन् । कथावस्तु, प्रस्तुति र क्लाइमेक्सका कारण यो फिल्मलाई दर्शकले निक्कै मन पराए ।