अभिनेता रामचरण ‘आरआरआर’पछि स्पोर्ट्स ड्रामा फिल्ममा देखिदै

‘आरआरआर’ जस्तो ब्लकबस्टर फिल्ममा अभिनय गरेका साउथ अभिनेता रामचरणले आफ्नो अर्को प्रोजेक्टको घोषणा गरेका छन् । रामचरणले सोमबार फिल्म निर्देशक बुची बाबु सानासँग प्यान डन्यिा फिल्ममा सहकार्य गर्ने घोषणा गरेका हुन् । उनले आफ्नो ट्विटर ह्यान्डलमा एक पोस्ट सेयर गर्दै यसबारे जानकारी दिएका हुन् । मिडिया रिपोर्टका अनुसार रामचरणले बुची बाबु सानासँग स्पोर्ट्स ड्रामा फिल्मका लागि हात मिलाएका छन् ।

हाल, रामचरण आफ्नो आगामी फिल्म आरसी १५ को लागी अभिनेत्री कियारा आडवाणी सँग न्यूजील्याण्डमा एक विशेष गीत को सुटिङ गर्दै छन्। रामचरण बुची बाबु सानासँगको आफ्नो आगामी प्रोजेक्टलाई लिएर निकै उत्साहित देखिन्छन्।

रामचरणले यसबारे ट्विट गर्दै लेखेका छन् , ‘बुची बाबु साना र सम्पूर्ण टोलीसँग काम गर्न पाउँदा उत्साहित छु, यो प्यान इन्डिया फिल्म धेरै भाषाहरूमा रिलिज हुनेछ।’

यो फिल्म एक राजनीतिक थ्रिलर हो तर यसको बारेमा कुनै पनि विवरणहरू खुलासा गरिएको छैन। मैत्री मुभी मेकर्स प्रोडक्सन हाउस र वृद्धी सिनेमाको संयुक्त निर्माणमा निर्माण भएको यो फिल्म डिसेम्बरबाट छायाङ्कनमा जाने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।