चिरञ्जीवी भुर्तेलको सर्ट मुभी ‘लभ डिजाएर’ रिलिज

पोखराका पत्रकार चिरञ्जीवी भुर्तेल पछिल्ला समयामा छोटा चलचित्र बनाउन लागि परेका छन् । लामो समय सञ्चार क्षेत्रमा काम गरिसकेका भुर्तेल लक डाउनको समयलाई राम्रै तरिकाले सदुपयोग गरिरहेका छन । उनले तीन महिनाको अवधिमाा १६ वटा शन्देश मुलक छोटो फिल्महरु निर्माण गरिसकेका छन । गत हप्ता मात्रै उनले छोटो फिल्म “जात नभएको मान्छे ’ सार्वजनिक गरेका थिए ।

सार्वजनिक गरिएको भिडियोमा छुवाछुत तथा विभेदका बारेमा रहेको थियो । जात भनेको मात्र दुईवटा हुन्छ । एउटा महिला अनि अर्को पुरुष भन्ने भाव फिल्ममा रहेकोा थियो । ‘जात नभएको मान्छे ’ फिल्ममा ,पुजन कार्की (काजी ) ले मुख्य भुमिका निभाएको छन् भने , कुलदिप बराल,एल पि ढुंगाना , गोपाल बस्नेत लगाएत पोखरेली कलाकारहरुले अभिनिय गरेका छन् ।

यसै हप्ता फेरि अर्को छोटो फिल्म ‘लभ डिजाएर’ रिलिज गरेका छन् । हाल नेपाली समाजमा बढ्दै गैरहेको पारिवारिक खट्पट,श्रीमान श्रीमती बिचको मनमुटावलाई फिल्ममार्फत देखाउन खोजेकाक छन् । उनले डिभोर्स हुनुको एउटा कारण सेक्स पनि हो भन्ने सन्देश दिएका छन् । उनले यहि सेक्सलाई केन्द्रमा राखेर छोटो फिल्म ‘लभ डिजाएर’ निर्माणा गरेको बताएका छन् । यस फिल्ममा पुजन कार्की (काजी), सृजना बिसी , प्रेमराज अधिकारीको मुख्य भुमिका रहेकोा छ । दुवै फिल्मलाई सि.बि प्रोडक्सनले निर्माण गरेको हो । भुर्तेल युट्युव मार्फत हहेर्न सकिने छ ।
लकडाउनमा उनले ‘साइलीको घैंटो,एनआरएन म्यारिज, हुतिहारा,अधुरो प्रेम, जात नभएको मान्छे ,लभ डिजाएर’ लगायत उनले निर्माण गरेको छोटो फिल्महरु रहेका छन् ।