‘दबंग ३’ मा २ अभिनेत्री

बलिउड सुपरस्टार सलमान खान अभिनित दबंग ३ छायांकनको क्रममा रहेको छ । यस फिल्ममा उनी २ हिरोइनसंग रोमान्स गर्दै छन् ।  फिल्ममा सोनाक्षी सिन्हाका अलावा सइकाको अभिनय रहने छ ।

उनी महेश मान्जेकरकी छोरी हुन् ।  फिल्ममा साइका प्रेमिका र सोनाक्षी श्रीमतीको भूमिकामा देखिदै छन् । फिल्म यसै बर्षको डिसेम्वर २०बाट प्रदर्शनमा आउने छ । खबर अनुसार सलमान यस फिल्ममा दुई फरक भूमिकामा देखिदै छन् ।