कंगना रनौतलाई पद्मश्री

भारतीय फिल्ममा उनको योगदानको कदर स्वरुप अभिनेत्री कंगना रनौतलाइ पद्मश्री अवार्ड दिने घोषणा गरिएको छ । त्यस्तै करण जोहर, अदनान सामी र एकता कपूर पनि पद्मश्री अवार्डबाट सम्मानित हुने भएका छन् । भारत सरकारले दिने चौथो ठुलो उच्च नागरिक अवार्ड पद्मश्री पाउने खबर पाएपछि कंगनाले भनिन – ‘ म यो अवार्ड ति महिलाहरुलाई समर्पित गर्न चाहन्छु जो सपना पुरा गर्ने हिम्मत राख्दछन र हरेक छोरी, हरेक आमाहरुलाई समर्पित गर्न चाहन्छु जसले यो देशलाई अझ राम्रो बनाउन सहयोग गरिराखेका छन् ।’ कंगनाको फिल्म ‘पंगा’ अहिले सफलताका साथ चलिरहेको छ ।