र्यापर कान्येले अमेरिकी रास्ट्रपतिका लागि उमेरद्वारी दिने

फेसन डिजाइनर तथा नायिका किम कार्दसियनका पति कान्ये वेस्टले अमेरिकी राष्ट्रपतिको निर्वाचन लड्ने भएका छन् ।

र्यापर कान्येले सामाजिक सञ्जाल ट्वीटरमार्फत आगामी नोभेम्बरमा हुने निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले भगवानमा विश्वास राख्दै अमेरिकाको लागि गरेको वाचाहरु मनन गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कान्ये अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थन रहँदै आएका थिए ।