एक साथ पर्दामा देखिदै ३खान

सलमान खान, शाहरुख खान र आमिर खानले एक साथ फिल्म खेल्ने खबर बाहिरिएको छ । भारतिय मिडियाका अनुसार हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक ‘लाल सिंह चड्ढा’ मा यी तिन एक साथ देखिने छन् ।

आमिर खान र करीना कपूरको मुख्य भूमिका रहने उक्त फिल्ममा सलमान र शाहरुख देखिने भएपछी धेरै दर्शकहरु खुशि भएका छन् । बलिउडका तीन खान एकसाथ पर्दामा देखिने यस फिल्ममा सलमान र शाहरुखले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ ।