लता मंगेस्करको स्वास्थ्यमा सामान्य सुधार

भारतीय गायिका लता मंगेशकरको स्वास्थ्यमा सामान्य सुधार देखिएको छ । स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालले अझै पनि उनी पूर्ण रुपमा ठिक भैनसकेको बताएको छ । ९० वर्षीया मंगेशकरलाई सोमबार मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो ।

हिन्दी, क्षेत्रीय र विदेशी भाषामा हजारौं गीत गाएकी लता मंगेशकरले यस वर्ष ‘सौगन्ध मुझे इस मिट्टी की’ रेकर्ड गराएकी थिइन् । भारतमा खुबै लोकप्रिय लतालाई सन् २००१ मा भारतको सर्वोच्च नागरिक सम्मान ‘भारतरत्न’ प्रदान गरिएको थियो ।