गायक जगदीश समालले ‘देखें जब उनीलाई’

गायक जगदीश समालको स्वर रहेको गीत ‘देखें जब उनीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा शब्द गीतकार तथा फिल्म निर्मात्री अनु शाहको रहेको छ। नारायण सुवेदी आभाषले संगीतबद्ध गरेका यस गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ। अमेरिकामा नै सम्पूर्ण छायांकन भएको म्युजिक भिडियोमा प्रजिना वाग्ले र प्रकाश थापा फिचर्ड छन्।

अमेरिकामा नै छायांकन भएको भिडियोमा प्रजिना वाग्ले र प्रकाश थापा फिचर्ड छन् । राजन उप्रेती निर्देशित भिडियोमा जेसन फोटोग्राफीको छायांकन तथा प्रविण श्रेष्ठको सम्पादन छ । भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।