एलिना र नीलको ‘निर्मोही मायालु’ म्युजिक भिडियो सार्वजनिक

एलिना चौहान र नील पुनः को स्वर समावेश म्युजिक भिडियो ‘निर्मोही मायालु’ सार्वजनिक भएको छ । शुक्रवार दिउँसो युट्युब रिलिज गरिएको उक्त गीतमा शब्द र सङ्गीत पनि पुनः को नै छ । सङ्गीत निर्माणको काम किरण माइकल घिमिरेले गरेका छन् ।गीतको भिडियोमा मोडल द्वय सुधीर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन् भने मानवी श्रेष्ठ, सोनी पुनः र रीमा पाइजालाई सहायक भूमिकामा प्रस्तुत गरिएको छ ।

भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् । रेडियोग्राफी प्रमोद भण्डारीको छ भने सम्पादन विकास दाहालले गरेका छन् । उत्सव दाहालले छायाङ्कन गरेको भिडियोलाई सुरेन्द्र थापाले निर्माण गरेका हुन् ।