मदनकृष्ण र सरोजको ड्रामा ‘जीवनको पाना’

अभिनेता सरोज खनालको परिकल्पना र राज केसीको निर्देशनमा तयार म्युजिकल ड्रामा ‘जीवनको पाना’ रिलिज गरिएको छ । मदनकृष्ण श्रेष्ठको आवाज रहेको यस गीतको रचना बमबहादुर श्रेष्ठले गरेका हुन् भने संगीत सन्तोष श्रेष्ठले दिएका छन् ।

सर्जकहरूको जीवनको उत्तराद्र्धको कथा व्यथा अभिव्यक्त यस म्युजिकल ड्रामालाई केन्द्र मोसन पिक्चर्स र राजेन्द्र वाग्लेले प्रस्तुत गरेका हुन् । मदनकृष्ण श्रेष्ठ, सरोज खनाल, लक्ष्मणप्रसाद अधिकारीलगायतको अभिनय रहेको यस म्युजिकल ड्रामा (म्युजिक भिडियो) मा रमण घिमिरेको कविता र सरोज अभिनित विभिन्न फिल्मका दृश्यांश समावेश छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ अभिनेता नीर शाहले म्युजिकल ड्रामामा सरोजको अभिनयको प्रसंशा गरे ।