झन्डै २० वर्ष अगाडि रेकर्ड गरिएको ‘किन यसरी’ बोलको गीत नयाँ भर्सनमा

 

सागर लम्साल ‘बले’ अभिनित भिडियो ‘किन यसरी’ झन्डै २० वर्ष अगाडि रेकर्ड गरिएको प्रमोद निर्वाणको गीत नयाँ भर्सनमा रेकर्ड गरी सार्वजनिक भएको छ । बलेसँगै भिडियोमा शिक्षा सङ्ग्रौला, कुशल विष्ट र सन्जिता पाण्डे सानुको अभिनय रहेको छ । गीतमा गायक निर्वाणलाई सरला बिसीले साथ दिएकी छन् । निकेश खडकाको निर्देशन रहेको भिडियो बुद्ध थापाले खिचेका छन् भने विकास धमलाले सम्पादन गरेका छन् ।