रचना नविनले गाए चट्ट माया’

 

गायिका रचना रिमाल र गायक नविन रावलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक चट्ट माया’ बोलको गीतमा मिलन विष्टको शब्द रहेको छ । गीतको संगीत गायक रावलले गरेका हुन् । गीतको भिडियोमा उषा उप्रेती र दीपेशजंग रायमाझीको नृत्य छ । भिडियोमा उषा र दीपेशको जोडी सुहाएको देखिन्छ ।शान थापाको निर्देशन रहेको भिडियोमा राजिव समरको नृत्य निर्देशन रहेको छ । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।