दिपाशा बिसी अभिनित ‘वाचा कसम’ बोलको गीत सार्वजनिक

गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘वाचा कसम’ बोलको गीतमा सरु कार्कीको शब्द रचना र पुष्कर सुनुवारको संगीत र एरेन्ज रहेको छ। मुकेश हुमागाईंले छायाँकन गरेको भिडियोमा अर्जुन कुमार,ऋचा थापा र सुन्दरी मोडल दिपासा बिसी फिचर्ड छन्। निरेन श्रेष्ठले सम्पादन गरेको भिडियोको सम्पादन मोहन सुनुवारले गरेका छन्। भिडियो पुष्कर सुनुवारको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।