गायक प्रमोद खरेलको स्वरमा ‘परिष्कृत’

गायक प्रमोद खरेलको नयाँ गीत ‘परिष्कृत’को म्युजिक भिडियो सार्वजनिक भएको छ। सोही गीतमा चन्द्र प्रसाई ‘परिष्कृत’को शब्द र राजेन्द्र सुवेदीको संगीतमा बनेको गीतको म्युजिक भिडियोमा प्रतिशा शर्मा रिजाल र सनीश बर्जाचार्यको अभिनय छ । सजल र सलिल न्यौपानेको कन्सेफ्ट र मनिष बशिष्टको सहयोगमा भिडियो एनइपिएस भिजनको टिमले निर्माण निर्देशन गरेको हो । भिडियो गीतकार प्रसाईको युट्युब च्यानल प्रसाइसन इन्टरटेनमेन्टबाट सार्वजनिक भएको छ ।