‘काटी दिउँला जुङ्गा जम्मै’ सार्वजनिक

काठमाडौँ- निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय फिल्म ‘डाँडाको बर पीपल’को गीत ‘काटी दिउँला जुङ्गा जम्मै सार्वजनिक गरिएको छ। सोही फिल्म दशैंको अवसर पारेर असोज २६ गतेबाट रिलिज हुने निर्माणपक्षले जानकारी दिएको छ । उक्त गीतमा स्वर्गीय खेमराज गुरूङ र रिमा गुरूङ हाडाको स्वर, उमंग लामा र केशव चौलागाइको शब्द, उमंग लामाको संगीत र फणिन्द्र राइको एरेन्ज छ । गीतको भिडियोमा सलोन बस्नेत, रूबिना थापा, भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, विनोद न्यौपाने, राजिव,प्रभात,अस्मिता, प्रदिप ,अप्स्ना लगायत फिचर्ड छन् ।

फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, प्रदिप गिरि , अप्सना थापा, हिउँवाला गौतम, उतम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, , ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ । रामकाजी घिमिरेको लेखन रहेको चलचित्रमा सुशन प्रजापतिको छायांकन, रोशन श्रेष्ठको एक्सन, मित्रदेव गुरुङको सम्पादन छ । सरस्वती गिरी चलचित्रको कार्यकारी निर्माता हुन् ।