‘सुनको कचौरी’मा मदनकृष्ण र गौरीको जोडी

काठमाडौं – देवीथान म्युजिक प्रालिले निर्माण गरेको नयाँ गीत ‘सुनको कचौरी’ सार्वजनिक भएको छ । देवीथान म्युजिकको प्रस्तुतिमा तयार भएको गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत छ । गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ र गौरी मल्ल फिचर्ड छन् । राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र सन्तोष राजबाहकको कोरियोग्राफी छ ।

राजधानीमा आइतबार आयोजित गीत रिलिज कार्यक्रममा गीतकार राजनराज सिवाकोटी र उनको टिमले उद्योगपति डाक्टर विनोदकुमार चौधरी, कलाकार निर शाह, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठलाई नेपाली कला, साहित्य क्षेत्रमा योगदान गरेको भन्दै सम्मानित गरेको हो । उनीहरुलाई कदरपत्र, दुर्गाको प्रतिमा र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।