पृथ्वीनारायणदेखि बुद्ध सम्मको भुमिकामा सन्तोष (भिडियो सहित)

काठमाडौं- सन्तोष अधिकारीको लगानी रहेको राष्ट्रिय गीत ‘म नेपाल हो’को भिडियो सार्वजनिक गरिएको छ । अधिकारी स्वयंमको अभिनय रहेको गीतको भिडियो आइतबार संविधान दिवसको अवसर पारेर आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । निशान कस्यपको निर्देशन रहेको गीतमा सहकलाकारको रुपमा कञ्चन भुजेल र जस्मिन मुसेओटले अभिनय गरेका छन् ।

अजय अधिकारीको शब्द रचना रहेको गीतमा सुरेश अधिकारीले संगीत भरेका हुन् । बादल थापा मगरको स्वर रहेको गीतलाई उत्तम हुमागाईले छायांकन गरेका हुन् । अमितेश कर्णको ड्रेस डिजाइन रहेको गीतमा सुरेन्द्र ठकुरीको मेकअप रहेको छ । निर्माता अधिकारीको कन्सेप्टमा निर्माण भएको गीतको भिडियो निर्देशक निशान स्वयमले सम्पादन गरेका हुन् ।