पारु र मनोजको ‘यो माया हैन र’ सार्वजनिक

काठमाडौं- गायिका पारु राई र गायक मनोज थापा मगरको स्वरमा समावेश ‘यो माया हैन र’ बोलको गीत रिलिज गरिएको छ । प्रेमकथामा आधारित यो गीतमा पारु राईको नै शब्द र गायक मनोज थापा मगरको संगीत छ। युकेका रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारु राइलाई देख्न सकिन्छ । विशेष भूमिकामा दिलिप राईको समेत अभिनय छ । पारु राई र सुर्य मोक्तान तामाङ सहायक निर्देशक रहेको भिडियोलाई बेलायतमा स्थापित संचारकर्मी कुशल श्रेष्ठको छायांकन,सम्पादन र निर्देशनमा तयार पारिएको हो।