दिनेश गौतमको ‘चरी’

‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलको निर्देशनमा तयार भएको ‘चरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दिनेश गौतमको स्वर रहेको यो गीतमा प्रकाश सापकोटाको शब्द, पुस्तक प्रसादको संगीत छ । उदयराज पौडेल यो गीतका एरेन्जर हुन् ।

गोल्डेन हार्ट पिक्चरले निर्माण गरेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोमा सोहन मानन्धरको सम्पादन छ । यो गीतमा मानिसको बह पोख्ने माध्यमको रुपमा चरालाई प्रस्तुत गरिएको छ ।