गायक बुद्धी बुद्धी सुवेदीको ‘सिन्कौलीको पात’

काठमाडौं- गायक बुद्धी सुवेदीले पूर्वेली भाकामा आधारित ‘सिन्कौलीको पात’ बोलको गीत सार्वजनिक गरेका छन् । सुवेदीकै शब्द र संगीतमा तयार भएको गीतको संगीत संयोजन शिलाबहादुर मोक्तानले गरेका हुन् । पूर्वी पहाडी जिल्लाहरूमा जात्रा तथा पर्वका बेला प्रख्यात पूर्वेली भाकामा आधारित गीतमा सुरविर पण्डित, रिया लामा, एम बी गुरुङ तथा कृष्ण विकेलगायतका कलाकारको नृत्य हेर्न सकिन्छ । दिपक गुरुङको छायांकन रहेको सो भिडियोको निर्देशन एमबी गुरुङले गरेका हुन् ।