गायक प्रमोद खरेलको स्वरमा ‘दिल जलेर’ सार्वजनिक

काठमाडौं- गायक प्रमोद खरेलको स्वरमा रहेको मर्मस्पर्शी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दिल जलेर बोलको गीतलाई राज कुमारले संगीत गरेका हुन् । उक्त गीतको भिडियोमा विक्रम बुढाथोकी,चाँदनी सिल्या र प्रिन्सले अभिनय गरेका छन् । फर्पिङको रमणीय स्थानहरुमा छायांकन भएको गीतको भिडियोमा प्रेम पीडालाई प्रस्तुत गरिएको छ । भिडियो एक्का कम्पनी अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।