गीत ‘ह्यापी दसैँ’ बोलको गीत सार्वजनिक

काठमाडौं- हरितालिका तिज सकिएसंगैं दशैका गीतहरु बजारमा आउनको थालेका छन् । गायक राजु ढकाल, देवी घर्ती, रविन लामिछाने, अस्मिता दल्लाकोटीले दसैं लोकदोहोरी गीत ‘ह्यापी दशै’ बनाएका छन् ।  गीतमा शब्द तथा संगीत सन्तोष पन्तको रहेको छ । गीतको संगीत संयोजन भने चेतन गोतामेले गरेका हुन् । गीतको भिडियोमा सन्तोष पन्त, सुस्मा ढकाल, फिल्पी देवकोटा, अस्मिता दल्लाकोटी लगायतको अभिनय देख्न सकिन्छ । वीरेन्द्र भट्टको छायाँकन, अभिनास डिसीको सम्पादन रहेको भिडियोमा मदन खड्काको निर्देशन छ ।