नयाँ गीत ‘नयाँ गलबन्दी’मा पल र वर्षा

काठमाडौं- गायिका देविका केसीले आफ्नो स्वरमा नयाँ गीत ‘नयाँ गलबन्दी’ सार्वजनिक भएको छ । गीतमा गायिका केसीलाई ‘नेपाल लोक स्टार’ विजेता शनी विश्वकर्माले स्वरमा साथ दिएका छन् । शनी र देविकाको स्वरलाई दर्शकले रुचाएका छन् । गीतमा शिब हमालको शब्द छ ।

भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा राउतको अभिनय रहेको छ । यी दुबैलाई कलाकार सुनिल क्षत्रीले नचाएका छन् । यो गीतको भिडियो निर्देशन सुनिल क्षत्रीले गरेका हुन् । भिडियोमा दुर्गा पौडेलको छायांकन र अमृत चापागाईंको सम्पादन छ । गीतको भिडियो शिव हमालकै युट्युव च्यानलबाट रिलिज गरिएको छ ।