थारु गीत ‘ओ सजन’ मा पल र कविताको फिचर्ड

काठमाडौं– गायक नरेश जोगी र गायिका अन्नु चौधरीको थारु गीत ‘ओ सजन’ को भिडियो सार्वजनिक भएको छ । पिके फिल्मस् युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक स्वयम नरेशको शब्द तथा संगीत रहेको छ । यस गीतलाई गनेश चौधरीले एरेञ्ज गरेका छन् ।

भिडियोमा अभिनेता पल शाह र मोडल कविता राय फिचर्ड छन् । भिडियोमा कृष्ण जोशीको पनि अभिनय छ । विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पल र कवितालाई थारु समुदायको बिहेको भेषमा पनि देख्न सकिन्छ । यो भिडियोको छायांकन अभिनेता पलकै गृह जिल्ला दाङमा भएको थियो । भिडियोमा अर्जुन तिवारीको टिमको छायांकन र मिलन विश्वकर्माको सम्पादन तथा कलर छ ।