‘लाखौँ हजारौँ’ मा पल र मल्लिका

काठमाडौँ– ‘लाखौँ हजारौँ’ गीतको फिमेल भर्सन सार्वजनिक भएको छ । गीतमा सन्जु मोक्तानको स्वर रहेको छ भने यवेश थापाको शब्द संगीत रहेको छ । पल शाह, मल्लिका महत र नवीन पोमु लिम्बु अभिनित भिडिओमा भेम्पायरको कथा समेटिएको छ । तेन्जु योञ्जनको कोरियोग्राफी रहेको भिडियो अर्जुन तिवारी र समूहले खिचेको हो । युगल पोमो लिम्बु निर्देशित भिडिओ जीवन थापाले सम्पादन गरेका हुन् ।