सागर लम्साल अभिनित ‘सुख’ बोलको गीत सार्वजनिक

काठमाडौं- सागर लम्साल अभिनित ‘सुख’ बोलको गीत सार्वजनिक भएको छ ।  गीतमा संयोग राजवंशीको स्वर, शब्द तथा संगीत रहेको छ । संगीत संयोजन भने गोपाल रसाइलीले गरेका छन् । भिडियोमा बुद्ध थापाको छायांकन रहेको छ भने विकास दाहालले सम्पादन गरेका छन् । एक आम युवा आफ्नो सपना टुटेपछि कसरी कुबाटोमा लाग्न सक्छ भन्ने उदाहरण स्वरूपको कथा यस भिडियोमा प्रस्तुत गरिएको छ । सोही भिडियोमा बले अभिभावक बनेका किरणकुमार शर्माले उनलाई अभिनयमा साथ दिएका छन् । भिडियो सोनाम पाख्रिनले निर्देशन गरेका हुन् ।