‘भकारीमा धान’ मा सुधिर र सगुनको नृत्य,

काठमाडौं- सञ्चारकर्मी तथा गायक सरोज कोइराला र गायिका मेलिना राईको स्वरमा ‘भकारीमा धान’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुधिर श्रेष्ठ र सगुन कोइरालाले नृत्य, अभिनय गरेका छन् । सुधिर श्रेष्ठ यसअघि पनि दर्जनौ‌ भिडियोहरुमा काम गरिसकेका स्थापित मोडल हुन भने सगुन कोइरालाले यसै भिडियोमार्फत मोडलिङको क्षेत्रमा पाइला चालेकी छिन् । गीतमा गायक कोइरालाकै शब्द(संगीत छ । संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् ।