निशान र रचना रिमालको स्वरमा ‘माया गर्नलाई’

काठमाडौं- निशान भट्टराई र रचना रिमालको स्वरमा ‘माया गर्नलाई’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक शैलीको यो गीतमा मोडलद्धय सुधिर श्रेष्ठ र गरिमा शर्माको अभिनय छ । यो गीतमा प्रदिप चापागाँइको शब्द, दीपक शर्माको संगीत छ । म्युजिक भिडियोको निर्देशन शान थापाले गरेका हुन् । भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजिव समरको कोरियोग्राफी छ ।