‘दसैँ तिहार आयो’ बोलको गीत बजारमा 

काठमाडौँ- दसैँ नजिकिँदै छ । बजारमा धमाधम दसैँ तिहारका गीतहरू आउँदै छन् । यही दसैँको सन्दर्भमा रहेर टक बुढाथोकी,अशोक दार्जि, प्रकाश आचार्य, काबिता सिवाकोटी, बिन्दु परियार, दक्षता श्रेष्ठ, र  बनु उप्रेतीको स्वरमा  दसैँ आयो तिहार आयो बोलको गीत सार्वजनिक भएको छ । टक बुढाथोकी  र बनु उप्रेतीको गीत सङ्गीत रहेका सोही भिडियोमा  टक बुढाथोकी, बुनु उप्रेती लक्ष्मी गिरि, सुरबीर पण्डित ,अशोक दार्जि, दक्षिणा श्रेष्ठ, सोनू चापागेन, मबिना थापा, राजु सेन्चुरी,सलिजा ओली, सलिना ओली, अनिल घट्टानी, रोशिस गजामर, अशोक निरौला,दिपिसा बिसी लगायतका कलाकारहरूको अभिनय रहेको छ । उक्त गीत टक बुढाथोकी नामको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।