गायक प्रितमले गाए ‘सरर’

काठमाडौँ- सारेगमप लिटल च्याम्प्सबाट चर्चामा आएका गायक प्रितम आचार्यको ‘सरर’ बोलको गीत सार्वजनिक भएको छ । भिडिओमा आचार्य पनि देखिएका छन् । गीतमा संगीत र शब्द मानस राजको रहेको छ ।

प्रशन्न घिमिरेले निर्देशन गरेको भिडिओमा कलाकारहरू सुज्यान रनपेहेली, दिक्षा ठकुरी, रिदेश बस्याल, स्टेसी आले लगायतको अभिनय रहेको छ । डम्बर बहादुर राईको छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।