सजल र श्रेया रोमान्टिक मुडमा

काठमाडौं- ‘सोधन’ बोलको म्युजिक भिडियो एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । सजल न्यौपानको संगीत र स्वरमा सोही गीतको शब्द एल.आर राणाले लेखेकी हुन् । लभ रोमान्टिक गीतको भिडियोमा गायक तथा संगीतकार सजल र मोडल श्रेया सिटौला रोमान्टिक रुपमा प्रस्तुत भएका छन् । बुद्ध थापाले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । यो गीतको भिडियोलाई अनुप चापागाँइले निर्देशन गरेका हुन् ।