राजकुमार र राजकुमारीको प्रेममा पल र गरिमा

काठमाडौं- गायक सुनिल गिरी र त्रिशला गुरुङको स्वर रहेको गीत ‘जीवन फुल्ने मेरो लहरा‘’को म्युजिक भिडियोको सार्वजनिक भएको छ । सोही भिडियोमा मोडेल पल शाह र गरिमा शर्माको अभिनय छ । उक्त भिडियोमा राजकुमार र राजकुमारीको प्रेम हेर्न सकिन्छ । गीतको शब्द र सङ्गीत पनि गायक गिरीकै रहेको छ भने म्युजिक भिडियोको छायाङ्कन र निर्देशन अनिल के मानन्धरले गरेका हुन् । ३१०० देखि ३५०० मिटरसम्मको उचाइमा रहेको खप्तड प्राकृतिक रूपमा निक्कै रमणीय छ । एक महिना अघि छायाङ्कन गरिएको गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो ।